डडेल्धुरामा सुत्केरी महिलामा कोरोना संक्रमण

धनगढि, डडेल्धुरामा एक सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार धनगढीको सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परीक्षणमा ती महिलाको काेराेना रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना पुष्टि हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका–४ की २१ वर्षीया महिला रहेको डडेल्धुरा अस्पतालले जनाएको छ। डडेल्धुराको नवदुर्गा गाउँपालिका सिराडस्थित क्वारेन्टाइनबाट ती महिला सुरक्षित प्रसुतिका लागि २१ जेठमा डडेल्धुरा अस्पताल आएकी थिइन्।

२२ जेठमा उनकाे स्वाव संकलन गरेर धनगढी पठाइएकोमा शनिबार रिपोर्ट पोजिटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए।