आइतबारदेखि मालपोत कार्यालय खुल्ने
प्रकासित मिति : २०७७ जेष्ठ २४, शनिबार २२:००
प्रकासित समय : २२:००
काठमाडाैँ, सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।
बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवा अवरुद्ध भएको थियो । पछिल्लो समयमा सरोकारवाला निकाय र सेवाग्राहीको न्यूनतम तथा आवश्यक सेवा सञ्चालन गर्न माग भई आएको थियो ।
सोही मागअनुसार आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरूपमा कार्यालयमा उपस्थित भएर अन्य कर्मचारीलाई पनि उपस्थित गराएर स्वास्थ्य सुरक्षा सतर्कता अपनाई सेवा सञ्चालनमा ल्याउन विभागले अनुरोध गरेको छ ।