कुशेका ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ
प्रकासित मिति : २०७७ जेष्ठ २३, शुक्रबार १६:१७
प्रकासित समय : १६:१७
जाजरकोट, जाजरकोटको कुशे गाँउपालिकामा ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार कुशेको पाँचकाटिया क्वारेन्टाइनबाट पठाइएकाे कोरोनाको पिसिआर स्वाब परीक्षण रिपाेर्ट नेगेटिभ आएको हाे ।
कोरोनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरेर १२ दिन अघि सुर्खेत पठाईको थियो । कुशेका १५ जनाको रिपोर्ट नेगेटिभ आएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
जिल्लाका अन्य ठाँउबाट स्वाव संकलन गरी पठाईएका तीन सय ९० जनाको रिपोर्ट भने आउन बाँकी छ । स्वाव संकलन गरि पठाएको १० दिन विति सक्दा पनि रिपोर्ट आउन नसकेको हो । भारतबाट हालै आएर विभिन्न क्वारेन्टाइनमा रहेका दुई हजार ६४ जनाको स्वाव नै संकलन गरिएको छैन ।