कर तिर्ने समय अवधि प्रयाप्त नभएको भन्दै सिसहनियाँ उवा संघद्वारा विरोध प्रदर्शन
भालुवाङ, लकडाउनका कारण व्यवसायीहरु मारमा परेको र सरकारले व्यवसायीलाई कर तिर्ने समय अवधी थपे पनि प्रयाप्त नभएको भन्दै सिसहनियाँ विरोध प्रदर्शन गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले बिहीबार सिसहनियाँमा सरकारलाई दवाव दिन विरोध प्रदर्शन गरेको हो ।
सरकार विरूद्व नाराबाजी गर्दै उनीहरूले बिगत दुई महिना देखि जारी लकडाउनका कारण एकातिर ब्यबसायीहरुको दैनिकी सून्य अबस्थामा झरेको र जिबिकोपार्जन गर्न मुस्किल परेको अवस्थामा नेपाल राष्ट्र बैंकको निर्देशन बिपरित केही बैंकहरुले लकडाउनको समयमा पनि बैंक ब्याजको भुक्तानीको लागि ताकेता र सरकारले जेष्ठ २५ सम्म कर तिर्नका लागि गरेको सूचना प्रकाशन पछि चाैतर्फी विरोध पश्चात कर तिर्ने समय अवधी असार ७ गते सम्म पुर्याए पनि प्रयाप्त समय नरहेकोले लकडाउन खुलेको ३ महिना पछि मात्र कर र बैंक व्याज तिर्ने बताएका छन् ।
उनीहरू हाम्रो अान्दोलन गल्दैन असार ७ गते चल्दैन,अहात होइन राहत दे सरकार,घर भाँडा तथा बैंक व्याज सम्बन्धि नीति तयार गर लगायतका नाराहरू समेत लगाएका थिए । कार्यक्रमलाई सिसहनियाँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सल्लाहकार पुर्णबहादुर बुढाथोकी,अध्यक्ष शान्तराज भण्डारी,उपाध्यक्ष युवराज सेन ठकुरी,सचिव मदन पोख्रेल लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए ।