दाङमा इन्पेक्टर माथि ढुंगा प्रहार

दाङ, दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे ।

बिहीबार राति साढे ८ बजेतिर केसीको कमाण्डमा ७ जना प्रहरीको टोली गस्तीमा गएको अबस्थामा ववई गाउँपालिका वडा नं. ५ पञ्चकुलेका ४५ बर्षीय चित्रबहादुर डाँगी र उनका २७ बर्षीय छोरा हेमराज डाँगीले मापसे गरेर प्रहरी माथि हातपात तथा ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

पञ्चकुले बजारमा गस्ती गएको क्रममा टाउकोमा चोट लागेर घाईते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरुहेको छ । ढुंगा प्रहार गर्ने दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनको भनाई छ ।