सुर्खेतमा कोरोनाबाट एकको मृत्यु, मृत्यु हुने ११ जना पुग्यो

कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ। बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेगाउँका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनी आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका थिए ।

भारतबाट आएका ती युवक जेठ ८ गतेदेखि पञ्चपुरी ९ स्थित जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखियो । युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई पुगेको छ । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।