बाँकेमा जिल्ला प्रशासनको पूर्ववत निर्णय खारेज, फेरि लकडाउनमा कडाई
नेपालगन्ज, बाँकेमा फेरि लकडाउनमा कडाई हुने भएको छ । जिल्ला प्रशासन कार्यलय बाँकेले आज एक सुचना जारी गरी पूर्ववत निर्णयलाई खारेज गर्दै लकडाउनलाई कडा पारिने बताएको हो ।
स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको उपस्थितीमा बांकेमा लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको बिषयलाई लिएर गृह मन्त्रालयले बांकेलाई स्पष्टीकरण सोधेपछि शुक्रबार बाँके जिल्ला विपत व्यवस्थापन समितीको आकस्मिक बैठक बसी लकडाउन पुन ः निरन्तरता दिने निर्णय गरेको हाे ।
लकडाउन खुकुलो पार्ने निर्णय सार्वजनिक भएपछि गृह मन्त्रालयले बांकेको विपत व्यवस्थापन समितीलाई लिखित स्पष्टीकरण सोधेको थियो । मन्त्रालयको दबाब पछि बाँके जिल्ला प्रशासन एव विपत व्यवस्थापन समितीले लकडाउनलाई पुनः कार्यान्वयन गरि अतिआवश्यक वस्तु वाहेक अन्य सेवा सुविधाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
नेपालगञ्जका व्यवसायीहरु, नेताहरु तथा सर्वसाधरणको दवाब परेपछी जिल्ला स्तरीय बिपत ब्यवस्थापन समितिको बैठकले लकडाउनको विकल्प खोज्ने क्रममा गत जेष्ठ २१ गते विभिन्न विकल्प सहित फरक फरक दिन फरक फरक व्यवसाय खोल्न पाउने गरिे निर्णय गरेका थिए ।