जुम्लामा पनि क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ २३, शुक्रबार ११:३०
प्रकासित समय : ११:३०
काठमाडौं, जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । शुक्रबार चन्दननाथ नगरपालिका वडा नम्बर ८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टाइनमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिल्ला बाहिरबाट आएको र उनलाई दमको रोग भएको जनाइएको छ ।
उनको स्वाब लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली पनि घटनास्थलतर्फ जान लागेको प्रहरीले जनाएको छ ।