कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ११

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् । उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनी क्‍वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।

उनी घर पुगेकै दिन मृत्यु भएको जनाइएको छ ।

उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको छ । देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।