कर्णालीमा ६ जनाले जिते कोरोना
प्रकासित मिति : २०७७ जेष्ठ २३, शुक्रबार १८:२३
प्रकासित समय : १८:२३
सुर्खेत, कर्णाली प्रदेशमा शुक्रबार पहिलो पटक ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्। प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखका एक र सुर्खेत ५ जना गरी ६ जनाले कोरोना संक्रमणमुक्त भएका हुन्।
कोरोनालाई जित्नेहरुमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नम्बर ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षे लक्ष्मण राना, वडा नं.४ का ३७ वर्षे धनबहादुर बस्याल, वडा नं. ९ लाटीकोइलीका ११ वर्षे रमेश सुनार र महाबु गाउँपालिका १ दैलेखका २६ वर्षीय दिपक सावन रहेका छन्।