यहाँ के- के हुदैन र ! यार यो भूगोल भित्र
प्रकासित मिति : २०७७ जेष्ठ २२, बिहीबार १७:५८
प्रकासित समय : १७:५८
थरीथरीका मान्छे हुन्छन एउटा टोल भित्र
यहाँ के-के हुदैन र ! यार यो भूगोल भित्र ।
बरु चराहरु यो सुन्दर प्रकृतिमा रमाउछन,
यो दुनियाँ हराउदै छ कृतीम माहोल भित्र ।
मेरा लागि तिमि सबथोक बनेर आए देखि ,
सुनचाँदी,हिरामोती पर्दैनन् अनमोल भित्र ।
आँखामा बगेको नदी र तिम्रा समझनाहरु,
खोजी हेर्नु भेटिनेछन सिरानीको खोल भित्र ।
मेरा प्रिय मित्रहरु के सोचेर टाढिन्छन होला,
आफ्नैलाई राखेर भ्रम भित्र अन्योल भित्र ।
बाँके
हाल- दक्षिण कोरिया