जनमत पार्टी बाँकेले बुझायो मधेश सहिद चौक निर्माणकोलागि ज्ञापनपत्र
नेपालगन्ज, बाँके जनमत पार्टी बाँकेले ज्ञापनपत्र बुझाएकाे छ । बिहिबार मधेश सहिद चौक निर्माण सम्बन्धि ज्ञापनपत्र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणालाई हस्तान्तरण गरेकाे हाे ।
२०६२/६३ सालमा भएको मधेश बिद्रोहमा सहिद बनाइएकाहरुको पहिचानको लागि चौक मर्मतको नाममा अनाबश्यक तोडफोड गरिएकाे भन्दै ज्ञापनपत्र बुझाएकाे बताएकाे छ । जनमत पार्टीले उक्त ठाउँमा अन्य चाैक नभएर मधेश सहिद चौक निर्माण गर्नुपर्ने समेत बताएकाे छ ।
जनमत पाटीले लकडाउनकाे मौका छोपी उप महानगरपालिकाले आफ्नो मनोमानी तरिकाले चौक बनाउने कोसिस गरेको अाराेप समेत लगाएकाे छ ।
जनमत पार्टीका नेता इरफान अहमद शेषको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएकाे टाेलीमा जिल्लाका प्रमुख नेताहरू जाबिर हल्वाइ,हरपाल सिंह सिख, रियाज अंसारी, मेराज अंसारी, शैलेन्द्र कर्ण, मुकिम अंसारी, अल्ताफ हुशेन राई लगायतका नेताहरुको उपस्थिति रहेको बताइएकाे छ ।