एकैदिन ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २,६३४ पुग्यो,

काठमाडौं , नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। बिहीबार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप ३३४ जन संक्रमित थपिएपछि कुल संख्या २ हजार ६ सय ३४ पुगेको हो। कुल संक्रमितमा १८४ जनामात्र महिला छन् भने बाँकी पुरुष।

हाल देशभर कोरोना संक्रमितको संख्या दुई हजार ६३४ पुगेको छ ।जसमा दुई हजार ४५० पुरुष रहेका छन् भने १३४ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा तीन हजार ८६७ वटा नमुना संकलन गरेर परीक्षण गरिएको उनले जानकारी दिए । १ लाख ६१ हजार २६२ जना आज क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभरका विभिन्‍न अस्पतालका आइसोलेनसमा दुई हजार ३३५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

हालसम्म देशभरका विभिन्‍न अस्पतालबाट २९० जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये २३४ पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा १२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमण निको भएर डिस्चार्ज हुनेमा कलैया अस्पतालबाट ७ जना र नारायणी अस्पतालबाट ५ जना रहेका छन् ।