सुर्खेत क्वारेन्टिनमा बसेका युवकको शंकास्पद मृत्यु

बिरेन्द्रनगर,  सुर्खेतमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका २० वर्षीय युवकको बिहीबार बिहान शंकास्पद मृत्यु भएको हो।

श्वास फेर्न गाह्रो भएका कारण निधन भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । प्रहरीका अनुसार मृतक युवक १५ दिनअघि भारतबाट फर्किएका थिए। एक्कासि श्वास फर्कन गाह्रो भएको केही घण्टामै उनको मृत्यु भएको थियो।

रातको करिब राति १२/१ बजेतिर युवकको शंकास्पद मृत्यु भएको हो। अहिले मृतक युवकको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न स्वास्थ्यकर्मीहरू घटनास्थल पुगेकाे बताइएकाे छ ।

कोरोनाको रिपोर्ट नआउँदासम्म दाहसंस्कार नहुने जनाइएको छ। मृतक युवक पञ्चपुरी नगरपालिका वडा नं.९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयमा बनाइएको १४ दिन क्वारेन्टिनमामा बसेर हिजोमात्रै घर नजिक क्वारेन्टिनमा सरेका थिए।