रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमित, करिब ५२ सयको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ २२, बिहीबार ०६:०२
प्रकासित समय : ०६:०२
काठमाडौं, ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ५३६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा १७८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ । २ लाख ३१ हजार १०५ जनाको उपचार भइरहेको छ भने १ लाख ९५ हजार ९५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।