मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने संभावना

काठमाडौं, आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटी परिवर्तन गर्न बैठक बस्न लागेको हो । अपरान्ह चार बजेका लागि बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटीबारे निर्णय हुनसक्ने बालुवाटार स्राेतले जनाएकाे छ । 

लामो समय लकडाउन हुँदा सर्वसाधारण त्यसको चरम मारमा परेको कारण सरकारले थप समस्या सिर्जना हुन नदिन र त्यसको विकल्पको खोजी गर्ने एक मन्त्रीले बताए ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै ५ घण्टा विज्ञहरुँग लकडाउनको मोडालिटी र कोरोना रोकथामबारे छलफल गरेका थिए । विज्ञले पनि बन्दाबन्दीका अवस्थामा हेरफेर गरि आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउन सुझाव दिएका थिए ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ ।