कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या १०
प्रकासित मिति : २०७७ जेष्ठ २२, बिहीबार १७:०५
प्रकासित समय : १७:०५
काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पाल्पास्थित मिसन अस्पतालमा २ दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका व्यक्तिमा कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब परीक्षणका लागि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो।
भारतबाट ५ दिनअघि आएर क्वारेनटाइनमा बसेका थिए। उनलाई श्वासप्रश्वासमा समस्या थियो। उनको दुई दिनअघि मृत्यु भएको हो। उनको आज रिपोर्ट आएको हो।
यससँगै कोभिड—१९ पोजेटिभ देखिएकाको मृत्यु संख्या १० पुगेको छ।