कञ्चनपुरका स्वास्थ्यकर्मीलाई नै कोरोना
प्रकासित मिति : २०७७ जेष्ठ २२, बिहीबार ०८:३७
प्रकासित समय : ०८:३७
कञ्चनपुर, अग्रपंत्तिमा रहेका खट्दै आएका कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाकामा भारतबाट आएका नेपालीहरुको स्वाब संकलनमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको जनाइएको छ ।
उनले तीनै तहका सरकारबीच कामको तालमेल नमिल्दा र विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरीत काम गर्नुपर्दा स्वास्थ्यकर्मीहरु जोखिममा परेको बताए । पीपीई लगायतका सुरक्षा सामग्री अभावमा काम गर्नुपरेको बताएका छन्