बाँकेमा खुकुलो बन्दै लकडाउन, बार अनुसार व्यवसाय संचालन गर्न पाइने
नेपालगन्ज, बाँकेमा लामो समय जारी रहेको लकडाउन बिस्तारै खुकुलो हुने भएको छ । ब्यवसायीहरुको मागलाई मध्यनजर गर्दै अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले दिन तोकेर विभिन्न पसल, व्यवसाय खोल्न दिने निर्णय गरेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको विज्ञप्ति अनुसार बुधबार नै एक सूचना जारी गरि बिबिध प्रकारको व्यवसायलाई दिन तोकेको जनाएको छ । सूचना अनुसार नै आईतबार र बुधबार मोबाईल एलेक्ट्रोनिक, स्टेशनरीरपुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर र भाँडा पसल खोल्न दिने निर्णय भएको छ ।
त्यस्तै सोमबार र बिहिवार कपडा, फेन्सी, जुत्ता पसल, कास्मेटिक, चस्मा र गरगहना पसल खोल्न दिईने, मंगलबार र शुक्रबार अटो मोबाईल, कोल्ड सटोर, जुस, मोटरसाईकलर साईकल र अन्य पसल खोल्न दिईने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।
औषधी पसल, दैनिक उपभोग्य सामाग्री, निर्माण सामाग्री, मलखाद र बिउ बीजन दैनिक रूपमा खुल्ने बताइएको छ ।
हेर्नुहोस यस्तो छ सुचना