मानवजातिको झुटो उत्पत्तिको अज्ञानताले नै छुवाछुत जन्माएको हो

करिव साढे चार अर्व वर्ष पहिले पृथ्वीको उत्पत्ती भएपछी सबै भन्दा पहिले पृथ्वीमा ५७ करोड वर्ष पहिले पृथ्वीको धरातलमा जिवको उत्पत्ती भयो भने करिव ३४ करोड वर्ष पहिले सरिसृप प्राणीको उत्पत्ती भयो।त्यसै गरी स्तनधारी प्राणिको विकास ६ करोड वर्ष पहिले देखी मात्र भएको बुझ्न सकिन्छ भने बोट्बिरुवा रुखपातको विकास ४४ करोड वर्ष पहिले मात्र भयो ।

(डार्विन) यसै सन्दर्भलाई  हेर्दा पृथ्वीको उत्तम प्राणी मानिसको उत्पत्तिको विकास शुरुमा दुइ करोड वर्ष पहिले मात्र बांदर प्रजातिको रामापिथेकशको अवशेश भेटिएको आधारमा यसको आंकलन गरिएको छ भने हालको आधुनिक मानिसको शारिरिक सुगठनको संरचनाको बनोट दश लाख वर्ष पहिले मात्र मात्र बनेको थियो । त्यस भन्दा अघिको मानव बांदरकै स्वरुप थियो लामा लामा खुट्टा झुकेको कुप्रो शरिर पुच्छर भएको थियो भने विकसित स्वरुप संगै पुच्छर हराएर गएको पाइन्छ ।

प्राग ऐतिहासिक कालमा मानिस घुमन्ते फिरन्ते जंगली सभ्यताबाटै अगाडी बढ्यो भने मानिसको दिनचर्या ओढार गुफामा नै हजारौ वर्ष मानिसले आफ्नो जिबन गुजारा गरिरह्यो। त्यो अवस्थामा आउने विकासक्रमसंगै मानिस होमोसेपियन्स कै सन्तान वा वंशजको उपज हो भन्ने तथ्यहरु रहेका छन ।  प्रारम्भिक कालमा मानिस जसरी जंगली सभ्यता छोडेर सामुहिकतामा प्रवेश गर्यो त्योसंगै मानिसले जंगलमा रहेका भ्याकुर गिठा रुखका बोक्रा खाने र समुहमा मिलेर खेतिपाती गर्ने प्रणाली को विकास भयो ।

खासमा मानिसको सभ्यताको विकास गंगा नदि रोमन ग्रीकको बसोबास हुंदै सभ्यताको विकास हुंदै गयो । मध्यकाल पछिको नवपाषण युगमा प्रवेश गरेसंगै मानिसहरुले सामुहिक हितको लागी कार्य गर्ने घरको संरचनाको विकास गर्ने खेतिपाती र कृषि औजारको विकास गर्ने गरी नै नदि किनाराको बसोबासबाटै मानव सभ्यताको जग बस्यो। यसरी मानिसको उत्पत्तिगत संरचना हेर्दा नगरिय विकास हुंदै आदिम काल को चरणमा मानिसको युग प्रवेश गर्यो त्यतिबेलासम्म मानिसलाइ निजि समपत्तिको वास्ता हुन्थेन भने खाने र बाच्ने कार्यको लागी मानिसको जिवन बित्दै जान्थ्यो।

आदिम युग दास युग सामन्ती युग हुंदै हजारौ वर्षपछिको नयां युगको चरणमा मानिसको विकासक्रम अगाडी बढेको छ । यसरी मानिसको उत्पत्ती को संरचनागत प्रणाली हेर्दा विभिन्न दर्शन को विकासले अझ बढी मानिसलाई  सभ्यता तर्फ डोर्याउंदै गयो। पुर्विय दर्शन अनुसार मानिसको सृष्टि महादेवबाट भएको हिम्वत खण्डको कैलाश पर्वतमा रहेका मानिसले अझबढी मानविय सभ्यताको मार्ग प्रशस्त गरे भन्ने कुरा पुर्विय दर्शनमा पाउन सकिन्छ।  त्योसंगै नेपालको रुपन्देही जिल्लाको तिनाउ नदिको किनारमा भेटिएको रामापिथेकशको अवशेषले अझबढी रुपमा विकसित मानिसको बसाइ हालको नेपाल देशमा भएको पुष्टी समेत गर्दछ।  संसारको सबै भन्दा पुरानो देश र सभ्यताको देश नेपाल नै हो भन्ने अनेकौ प्रमाण समेत रहेका छ्न।

पुर्विय दर्शन अनुसार नै संसारका राज्यको विकाससंगै देशको कानुन सामाजिक संरचना राजा मनुको जन्म स्थान नेपालको कर्णाली प्रदेशको हालको कालिकोट जिल्लाबाटै पुर्विय सभ्यतालाई  जलमल गरेको तथ्यहरु र पुराना दस्तावेज पाइन्छ । पुर्विय दर्शन वेद, कर्मकाण्ड , उपासना काण्डहरु नै पस्चिमी सभ्यताका जननी मानिन्छ्न ।

ज्ञानवोध ,शिक्षा वोध, धर्मवोध लगायतको क्षेत्रमा ऋषिहरुको तपस्याले सभ्यता र संस्कृतीको दिशा निर्देशन गरेको पाइन्छ। नेपालको पवित्र हिम्वत खण्डमा ऋषि तपस्विबाट संसारलाई दिशावोध गराएको पाइन्छ। खासमा आधुनिक सभ्यता संगै सहिष्णुताको विकास पनि यहि भुमिमा भएको पुर्विय दर्शनबाट प्राप्त गर्न सकिन्छ।

व्यक्तिको स्वभाव र परम्परा अनुसार मानिसमा भएको कामको वितरण र सबै भन्दा गाह्रो काम गर्ने र सजिलो काम गर्ने मानिसको समुह बेग्ला बेग्लै संरचना निर्माण भै समाजमा रहेर ति सबैले कालान्तरमा अर्थात( मनु ) कालमा विभेदपुर्ण सामाजिक ब्यबहारको प्राथमिकतालाई राजा मनुले अघि सारे । त्यही आधारमा नै राजा महाराजाहरुले यसको विकास गरेर समाजलाई आफु अनुकुल अघि बढाए।तत्कालिन समय र वर्तमानको सामाजिक संरचनालाई  हेर्दा तत्कालिन समयमा मानिस जन्मिदा न धर्म लिएर जन्मिन्थ्यो न जात लिएर नै। 

मानिस जन्मदैमा कोहि ब्राहमण भै हाल्ने कोहि शुद्र भैहाल्ने थिएन।  त्यो त केबल कर्मको आधारमा निर्माण भयो भन्ने कुरा सनातन धर्मको विकासले नै स्पष्ट पार्दछ । सनातन धर्म अनुसार पनि मानिस समाजमा खराब काम गरे बापत दण्डित हुने घर बाहिरको काम गर्ने भनेर त्यसलाइ सबै भन्दा गाह्रो काम दिइन्थ्यो त्यो काम गरे पछि त्यसलाइ हेर्ने सामाजिक दृष्टिकोण पछि गएर विभेदमा परिणत भयो।

राजाले चाहेमा मानिस ब्राह्मण हुने नचाहेमा च्युत भएर शुद्र हुने गरी मानिसको स्तरिकरण गरिएको थियो जुन उसलाई दिने दण्ड दिनको लागी कामको आधारमा सजाय दिइन्थ्यो त्यसले सामाजिक रुपमा अलगिएको जातिको रुपमा चित्रित हुंदै गयो जुन कुरा अहिलेसम्म निरन्तरतामा रहिरहेको छ । उदाहरण हेर्दा पृथ्वीनारायण शाहले समेत आफ्नो सुरक्षा गरेबापत तल्लो जातको मानिसलाई  माथिल्लो जात बनाइइदिएको उदाहरण करिव ३ सय वर्ष समेत नाघेको छैन ।

शक्ती आर्जन गर्न दलितको नाममा गरिने राजनितिको कुनै अर्थ छैन तसर्थ आजको सभ्य समाज निर्माण गर्न सामाजिक अपराध गर्नेलाई हदैसम्मको दण्ड दिने र प्रमुख रुपमा बदल्न हातेमालो गर्नु नै सभ्य समाज निर्माणको ढोका खोल्ने मेरुदण्ड बन्न सक्नेछ।

नेपालमा हेर्दा यो व्यवस्थालाइ थप रुपमा जयस्थिती मल्लले धार्मिक रुपमा हिन्दु वर्ण व्यवस्थालाइ पुरानो ढंगबाट विकास गरे जुन राजाहरुले समाजलाई गर्ने दमनको निरन्तरता मात्र थियो। पछि जंग बहादुरले बनाएको मुलुकी ऐनले झन जाती व्यवस्थालाई जटिलता तर्फ धकेल्यो र निरन्तरता पाइरह्यो ।

जुन अहिलेको समाजले भोगिरहेको छ बांदरबाट विकसित भएको मानव न जात लिएर जन्मिन्थ्यो न धर्म नै मानिसको आकार कद कालो गोरो थेप्चो चुच्चे त तापक्रम को विविधताको कारणले भएको स्पस्ट छ।  धार्मिक दृष्टिकोणबाट हेर्दा समेत छुवाछुत नभएको र राजा महाराजाहरुले आफु अनुकुल निर्माण गर्ने र आफुलाइ शक्तिमान बनाएर जनतालाई  रैती बनाउने निरन्तरताको सयौ वर्ष पहिलेको इतिहासले निरन्तरता पाउंदा यो समाज धार्मिक र छुवाछुत बन्न पुग्यो भने मानिसका विभिन्न समुदाय मध्येको आर्य समाजमा कुनै विभेद नभएको प्रमाण पाउन सकिन्छ । धार्मिक रुपमा देविदेवताको पुजा आरधना गर्ने व्राहमण सत्रुको विनास गर्ने क्षेत्री पशुपालन र कृषि काम गर्ने वैश्य निर्माण सम्वन्धी काम गर्ने शुद्र थिए।

वेदमा भनिएको छ मान्छेको कर्मले जात निर्धारण हुने गर्दछ । एउटै घरमा पनि चार दाजु भाइमा व्राहम्ण, क्षेत्री, वैश्य ,शुद्र हुने हुन्थे यो केवल उनिहरुले गर्ने कर्मले निर्धारण गर्दथ्यो। जसको जे भुमिका रहन्थ्यो उसले त्यो अनुसार परिवारको भुमिकामा रहन्थ्यो। वैदिक कालमा ऋषिमुनिहरुले सभ्यतालाई अझ सु संस्कृत गरे अनुसार पृथ्विको बारेमा ज्ञान विवेक राख्न खोज्नेहरु व्राहमण भए आफ्नै कर्मले परिवार भित्रै सबै बाहुन क्षेत्री ,वैश्य, शुद्र, हुन्थे वैदिक काल खण्ड र रामायण काल खण्डको जातिय विभेद ले फरक फरक मोड लियो जुन राजामहाराजा अनुसार निर्मित हुंदै गयो।

संंस्कृतमा श्लोक छ (जन्म न जायते शुद्र व्रह्म ज्ञानत व्राहम्ण) हाम्रो देशमा जातिय विभेद र त्यसले समाजमा घटाएको सामाजिक अपराध नियन्त्रण गर्न मानव समुदायको स्तरलाई उच्च राख्न सक्ने वातावरण मिलाउन कुनै राजनितिक नेतृत्वको जन्म हुन नसक्नु नै मुख्य जिम्मेवार छ।

हिन्दु वर्ण व्यवस्था भित्र बाहुन क्षेत्री नेवार लगायत जाती जस्तै दलित समुदाय भनेर छुट्टाइएका मानिसहरु पनि परम्परागत उस्तै धर्म कर्म रितिरिवाज पुजापाठ मन्दिर दर्शन लगाएतका कार्यहरु गर्दछ्न । केहि रामायण कालखण्ड भन्दा अघि परिवारमा सबै खालको संकट उत्पन्न हुंदा परिवार धान्न गाह्रो भएपछी पुजापाठ गर्ने व्राहम्ण पनि जात बदलेर दमाइ कामी भएका छ्न त्यसो हुंदा उनिहरुलाई  कृषि र निर्माण समवन्धी कार्य गर्दा परिवार धान्न सजिलो हुन्थ्यो । जुन जाती समुदायमा मानिस जन्मिएपनी उसको इच्क्षा अनुसार जात फेर बदल गर्न पाउने सनातन प्रावधान थियो ।

समाजमा मानिसले गर्ने खराव ब्यवहार र आचरणको कारण उसको जातको फेरबदल हुन्थ्यो । तसर्थ पौराणिक काल वैदिक काल मध्यकाल को जातिगत संरचनाको बनाबट हेर्दा वर्तमानको छुवाछुत प्रथा यथावत राखेर जातिय विभेद गर्नु पर्ने वैज्ञानिक सत्यता कोहि भेटिदैन।नेपाली समाज ऋषिमुनिको तपस्या र वुद्धको ज्ञान र अन्य किंरात वैष्ण्व लगायतका सभ्यताको मार्ग प्रशस्त गर्ने तपस्वी मानिसहरुबाट सहिष्णुताको विकास भएको समाज हो ।

यो समाजमा छुवाछुत जातिय विभेद जस्ता जघन्य अपराध घट्नु मानवता बिरुद्धको सामाजिक अपराध हो। यसले समाजको अवस्था रहनसहन चेतना को स्तर सामाजिक अहंकार पनि यसको पछाडिको रहस्य हो भन्न सकिन्छ ।  यस्ता घटनाको फेहरिस्त हेर्दा २०६८ सालमा मनविरे सुनार( कालिकोट) चुल्हो छोएको निहुमा ,२०६८ मै शिवसंकर दास (सप्तरी) अन्तरजातिय विवाहको कारण,२०६८ मै सेते दमाइ( दैलेख)  अन्तरजातिय कारण,२०७५ भुमा विक हत्या (ताप्लेजुङ)  जातिय कारण ,२०७० संगिता परियार )तनहुं )अन्तरजातिय विवाहको कारण,२०७१ राजेश नेपाली (पर्वत) छुवाछुतको कारण,२०७३ अस्मिता सार्की (झापा ) अन्तरजातिय विवाहको कारण ,२०७३ लक्ष्मी परियार (काभ्रे) बोक्सिको आरोपको कारण,२०७३ अजित मिजार (काभ्रे)  अन्तरजातीय विवाहको कारण,२०७५ श्रेया सुनार (कास्की )  बलात्कार पछिको हत्या, २०७५ मना सार्की (कालिकोट) छुवाछुतको कारण छोएको निहुमा, २०७५ रुपमती कुमारी दास बलात्कार पछि हत्या जातिय कारण ,२०७५ दितिया रेश्मा रसाइली (धनुषा)  बलात्कार पछि हत्या जातिय कारण ,२०७७ टिकाराम नेपाली ,(रुकुम ) अन्तरजातिय प्रेममा सहयोग गरेको कारण , २०७७ अंगिरा पासी )रुपन्देही) बलात्कार पछि हत्या जातिय कारण,२०७७ नवराज विक (जाजरकोट) प्रेम सम्बन्धको कारण र उनलाई साथ दिने दलितलाई सो सम्बन्धमा सहयोग गरेको कारण पांच जनाको सामुहिक हत्या भयो।

२०६८ देखी जातियताको कारणले यति धेरै संख्यामा हत्या हुनु सामाजिक अपराध त हुंदै हो भने जातिय विभेदको निरन्तरता पनि प्रमुख कारण हो।हाम्रो समाज समाजवाद तर्फ उन्मुख छ छैन भन्ने कुरा स्पष्ट हुन्छ । यसको प्रमुख कारण राज्य व्यवस्थामा कस्ता नेतृत्व पायौ भन्ने नै हो। यसको अन्त्य को लागी सनातन धर्म अनुसार नै दलित भनेर बांडिएको मध्यकालीन समयको दमाइ कामी दलित जस्ता यस अन्तर्गत रहेका सबै शब्द को खारेजी गर्ने , मौलिक हक अन्तर्गत संविधानमा मान्छेले उसले चाहेको बखत उसले आफ्नो थर फेर्न पाउने गरि कानुन निर्माण गर्ने , तत्काल दलित शव्दको खारेज गरि अन्य जाति सो सरह नागरिकता वितरण कार्य प्रारम्भ गर्ने, जस्ता कार्य थालनी गर्ने हो भने देश भर छरिएर रहेका दलित समुदायको मुक्ती गराउन सकिन्छ भने शहरमा आउंदा दलित भएकै कारण कोठा नपाउने मानिस सजिलै कोठा पाउन सक्छ यो सामान्य उदाहरण हो भने मुख्य कुरा बदल्ने तर्फ लाग्ने हो ।

कानुनी कुरा ले जातिय विभेद हट्न सयौ वर्ष लाग्छ भने बदल्ने कुराले नयां आउने पुस्ताले सजिलै सामाजिक विभेदबाट मुक्त पाउन सक्छ। यस्तो दिन आउने अवस्था सिर्जना गर्न सकिएन भने नत उन्नत समाज निर्माण हुन्छ नत समाजवाद नै आउंछ यो तर्फ राज्यको ध्यान जानु आजको जरुर आवश्यकता हो। साथै शक्ती आर्जन गर्न दलितको नाममा गरिने राजनितिको कुनै अर्थ छैन तसर्थ आजको सभ्य समाज निर्माण गर्न सामाजिक अपराध गर्नेलाई हदैसम्मको दण्ड दिने र प्रमुख रुपमा बदल्न हातेमालो गर्नु नै सभ्य समाज निर्माणको ढोका खोल्ने मेरुदण्ड बन्न सक्नेछ।

बांदरबाट उत्पत्ती भएको मानिस कसरी बाहुन ,क्षेत्री वैश्य शुद्र हुंदै दलित भयो ? पृथ्वीको उन्नत प्राणी मानिने मानिस अहिले सम्म आउंदा पशुले देखाउने पशु स्नेह भन्दा तल किन देखियो यसबारे थप बहस गरेर समतामुलुक समाज निर्माण कार्यमा अघि बढ्नु मानवजातिको प्रमुख कर्तव्य र अहिले को आवश्यकता पनि हो।