फेरि थपिए २०१ कोरोना संक्रमित , देशभर संक्रमितको संख्या २३००

नेपालमा आज (बुधबार) कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन्। देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा भएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको कुल संख्या २३०० पुगेको छ। हालसम्म पीसीआर विधिबाट ८० हजार २६७ जनाको कोरोना परीक्षण भएको छ।

अहिले देशभर १ लाख ५५ हजार ८६८ जना क्वारेन्टिनमा छन्। क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन्। त्यसैगरी देशका विभिन्न अस्पतालमा २ हजार १३ जना आइसोलेसनमा छन्।

जना कोरोना संक्रमणबाट २७८ जना मुक्त भएका छन्। हालसम्म नेपालमा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।