कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं ,  कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका उनको बुधबार निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका हुन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । गत जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा हेमोरेजिक स्ट्रोक भएपछि उपचाररत थिए । 

१५ गते उनको स्वाब लिएको थियो । उनको कोरोना देखिएपछि त्रिवि शिषण अस्पताल रिफर गरिएको थियो । कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।