विश्वभर कोरोनाबाट ३ लाख ८१ हजारको मृत्यु, ६५ लाख संक्रमित
काठमाण्डौ, काठमाडौं- ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वभर ६४ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६४ लाख ७३ हजार ६९० जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १० हजार ४९४ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै एकैदिन अरू ४ हजार ५१९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ८१ हजार ७०९ पुगेको छ ।
३० लाख ८६ हजार ७२४ जनाको उपचार भइरहेकोमा ५४ हजार ५४८ जनाको अवस्था गम्भीर छ भने ३० लाख ५ हजार २५७ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा बुधबार बिहानसम्म १ लाख ७५ हजार ५५७ जनाको मृत्यु भएको छ ।
२० लाख ४९ हजार ४४ जना संक्रमित भएकोमा १० लाख १३ हजार ५४ जना संक्रमणमुक्त भएका छन् ।उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २७ हजार १४६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख २० हजार २८० पुगेको छ । त्यसमध्ये ७ लाख ८९ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ३१ हजार ८३१ जनाको मृत्यु भएको छ । ११ लाख ९४ हजार २२८ जना संक्रमित भएकोमा ७ लाख ३० हजार ८९० जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ४२ हजार ५२५ जनाको मृत्यु भएको छ । ९ लाख ४० हजार ८८५ जना संक्रमित भएकोमा ३ लाख ९३ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरुमा ४ हजार ५११ जनाको ज्यान गएको छ भने १ लाख ५९ हजार ७०१ जना संक्रमित छन् । संक्रमितमध्ये ६८ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८३१ जना संक्रमित भएकोमा ८ हजार २०८ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म विश्वभर २९ लाख ४५ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । ३१ लाख १३ हजार उपचाररत मध्ये ५४ हजार २ सय जनाको अवस्था गम्भीर रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३८ जनाको मृत्यु भएको छ। त्यसैगरि ७७ हजार नयाँ संक्रमित थपिएका छन् । कोरोना २ सय १३ देशमा पुगिसकेको छ ।
कुन देशमा कति जनाको मृत्यु ?
इटली – ३३५३०
फ्रान्स – २८९४०
बेल्जियम – ९५०५
जर्मनी – ८६४३
टर्की – ४५८५
इरान – ७९४२
मेक्सिको – १०१६७
क्यानडा – ७३९५
नेदरल्याण्ड – ५९६७
चीन – ४६३४
स्विडेन – ४४६८
पेरु – ४६३४