यसरी मनाए डा. रमेश आचार्यले जन्मोत्सव

काठमाडौं ,  थोङ्ची मेडिकल कलेज बुहान चिनका रिसर्च स्कलर डा.रमेश आचार्यले आफ्नो जन्मोत्सवमा काठमाडौं उपत्यकामा सडकका टुहुरा बालबालिका सहित बृद्धअबश्थाका आमाबुबालाई खाना सहित आर्थिक सहयोग गरेर मनाएका छ्न। डा. आचार्यले आफ्नो जन्मदिनमा भक्तपुरको नयाँ ठिमीमा रहेका सडक बालबालिका , अपांग र बृद्ध बृद्दा गरि १ सय जनालाई खाना , बिस्कुट र मास्क बितरण गरेर मनाएका हुन  ।

त्यस्तै गरि भक्तपुर क्यान्सर अस्पतालमा बिरामी र कुरुवा गरि १०५ जनालाई साझको खाना खुवाएका डा आचार्यले भक्तपुरको सुर्यबिनायकमा पनि वृद्ध बृद्दा अपांग गरि ५० जनालाई साझको खाना दिएका छ्न।  काठमाडौं तारकेश्वर नगरपालिकाको नवजीवन परोपकार संस्थामा रहेका १६ जना बृदा आश्रममा रहेकालाई साझको खाना खुवाएर आफ्नो जन्मोत्सव मनाए । लकडाउनको बेला होटेलहरु बन्द हुुुुने भएकाले बिरामी र कुरुवालाई सजिलो होस भन्ने हेतूले निशुुुल्क खाना खुवाएको डा.आचार्यले बताए

लामो समयदेखि चीन, अमेरिका बस्दै आएका डा .रमेश आचार्यले बेलायत , जर्मन ,इटली,फ्रान्स , अष्ट्रेलिया र जापान लगायत बिश्वका ७० देशहरुको भ्रमण गरिसकेको छन। नेपालका ४० जिल्लामा स्वास्थ्य शिबिर चलाई सकेका डा.आचार्य पछिल्लो समय अपांग , टुहुरा लगायत बृद्धअबस्थाका मानिसहरूको सेवा गर्ने योजना अगाडि बढिरहेको बताउछन ।