दाङ राप्ती गाउँपालिकाका दुई कोरोना संक्रमितलाई नेपालगञ्ज लगियो
भालुवाङ, दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा बेड अभाव भएपछि मंगलबार संक्रमण पुष्टि भएका आठ जना मध्ये दुई जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ। बाँकी ६ जनालाई आइसोलेसनमा भर्ना गर्न सकिएको छैन ।
राप्ती गाउँपालिकाको नवप्रतिभा आधारभुत विद्यालय पाखापानी र आदर्श नमुना मावि लालमटिया क्वारेन्टाइनमा रहेका दुई जना कोरोना संक्रमितलाई अबेर मात्रै नेपालगञ्ज लगिएको हो।बंगलाचुली गाउँपालिकाका ६ जना संक्रमितलाई भने झुलीडाँडा क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा संयोजक भगत केसीले बताएका छन् ।
गाउँपालिकामा बनाएको आइसोलेसन वार्ड मापदण्ड अनुसार नभएकाले वडा अध्यक्ष सहित संक्रमित अहिले क्वारेन्टाइनमा रहेको बताइएको छ। दाङमा कोरोना विशेष अस्पताल छ। यहाँ सबै बेड भरिएपछि संक्रमितको उपचार प्रभावित भएको छ। कोरोना विशेष अस्पतालमा अहिले ५० जना संक्रमितको उपचार भइरहेको छ। अहिले सम्म दाङमा ५१ जना संक्रमित पुगेका छन्।