डडेल्धुरा क्वारेन्टिनमा बसेकी महिलाको अचानक मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ २१, बुधबार १०:४७
प्रकासित समय : १०:४७
डडेलधुरा, भारतबाट आएर डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको ‘अचानक’ मृृत्यु भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिला र उनका श्रीमान् भारतबाट चार दिनअघि आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिएका छन् । ‘राति श्रीमानसँगै शौचालय गएकी ३० वर्षीया महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको छ,’ विष्टले भने, ‘हामी त्यहाँ पुग्दैछौँ । हामी पुगेपछि थप कुरा आउँला ।’
गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृत्यु भएको पुष्टि गरेका छन् । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए । महिलाको मृत्यु कोरोनाबाट भएको हो–होइन यकिन गर्न स्वाब परीक्षण गरिने भएको छ ।