कतै क्वारेनटाइन व्यवस्थित नहुँदा रोग संक्रमणको हब त बन्दै छैन !

विश्व महामारी ) काेभिड १९) अर्थात नोबेल कोराना भाइरसले विश्वभर लाखौँ मानिसहरु संक्रमित हुनुका साथै लाखौँको ज्यान समेत गएको छ। विश्व जगत यतिखेर सम्पुर्ण शक्ति लगाएर यो रोग बिरुद्द लड्ने अभियानमा जुटेको छ।

यस महामारीले विश्वभरका अधिकांस मुलुक र शक्तिशाली मुलुक नै सुरुमा चीन र हाल अमेरिका, इटाली, स्पेन, फ्रान्स लगायत भारत समेत गरि शक्तिशाली मुलुकले नै यस महामारीको सामना गरीरहेका छन् ।

नेपाल जस्तो अल्प बिकसित,गरीव र स्वास्थ्य क्षेत्र अन्य देशको तुलनामा निकै कमजोर रहेको हाम्रो मुलुकमा सोमवार सम्म १८११ जना संक्रमित ५९  जिल्ला सहित ७ वटै प्रदेशमा फैलिएको छ।विश्वमा नेपालको स्थान९४ औँ छ। Isolation मा १५८२ जना र क्वारेन्टाइनमा १,१३७५७  जना छन् भने मृत्यू हुनेको संख्या ८ पुगेको छ।

चैत ११ गतेवाट यो रोगको महामारी फैलन् नदिन नेपालमा लकडाउनको ७०दिन पुगेको छ । गरीव र बिपन्नताका कारण छिमेकी मुलुक भारतमा रोजगार गर्न गएका नेपालीहरु त्यहाको बन्दाबन्दीको चपेटामा परी हिडेर भएपनि स्वदेश फर्किने क्रम दिनानुदिन बढ्दो क्रममा रहेको छ।

त्यी स्वदेश फर्किएकाहरुलाई १४ दिन सम्म क्वारेनटाइनमा बसाल्ने र RTD, PCR चेक गरीसकेपछि पोजेटिभ देखिएमा आइसोलेसनमा राखी उपचार गर्ने र नेगेटिभ देखिएमा घर पठाउने ब्यवस्था गर्दै आएको छ। हाल नेपालमा सबैभन्दा बढी प्रभावित प्रदेश नं ५ को बाँके जिल्ला रहेको छ । यहाँ २६,५०० भन्दा धेरै नेपालगंज जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन्। त्यी ब्यक्तीहरुलाई बिभिन्न क्वारेनटाइनमा राखिएको छ।

क्वारेनटाइनको स्थिती भने नाजुक एबं अब्यबस्थित, अबैज्ञानिक र मापदन्ड रहित Red Hot corona spot उपनामले चिनिएको बाँके जिल्लाका बिभिन्न गाउँपालिका एबं नगरपालिकाका वडा मा क्वारेनटाइनको ब्यबस्था गरीएको छ।त्यी क्वारेनटाइनमा भारतका बिभिन्न प्रान्तबाट काम गरेर फर्केका नेपालीहरु र स्वदेशकै अन्य ठाउँबाट समेत आएका व्यक्तिहरुलाई संगै एकै ठाउँमा बसाल्दा झन संक्रमणको जोखिम बढ्ने देखिन्छ।   बिद्यालयलाई बनाइएका क्वारेनटाइनहरूमा बिजुली ,पानी र सौचालय जस्ता अति आवश्यक चिजको अभाब छ।
संघीय सरकारले स्थानिय सरकारलाई यसको ब्यवस्थापन गर्न पर्याप्त बजेटको अभाव छ ।

प्रदेश आकस्मिक कोषको ब्यवस्था छ वा छैन ? सबै अन्यौलमा किन ? नेपालको संबिधानको धारा २१२ बमोजिम आकस्मिक कोषको नाममा एउटा कोष स्थापना गर्न सकिने र त्यस्तो कोषमा समय-समयमा प्रदेश ऐन बमोजिम निर्धारण भएको रकम जम्मा गरिने ब्यबस्था छ। त्यस्तो कोषबाट आकस्मिक कार्यको लागि खर्च गर्न सक्ने प्राबधान छ। उक्त कोष प्रदेश नं ५ मा कत्तिको प्रयोगमा आएको छ ? यस्ता कोषको समुचित प्रयोग गरी क्वारेनटाइन ब्यबस्थापन गर्न सकिदैन र प्रदेश सरकार ? यो विश्व महामारी जस्तो संकट भन्दा अर्को आकस्मिक संकट के होला खै ? गोठमा भेडा बाख्रा हुले झै मानिसलाई हुल्ने ठाउँ कसरी क्वारेनटाइन भयो सरकार ? जनता जान्न चाहन्छन।

संघिय, प्रादेशिक, स्थानिय सरकार, सबै माननीय सांसद ज्यूहरु सम्पूर्ण राजनितीक दलहरू र उँहाका सम्पूर्ण प्राबिधिक एबं बिशिष्ट र बिज्ञता हासिल गरेका सल्लाहकार ज्यूहरूलाई

मेरा १० प्रश्नहरु

(१) साम , दाम, दन्ड , भेद लगाएर एक सुत्रिय निति लकडाउनले के साच्चिकै कोरोना फैलिन रोकिएको छ ?
(२) प्राविधिक टोली नबनाई विना मापदन्डका बिद्यालयमा क्वारेनटाइनहरु बनाउदा संक्रमणहरु उत्पादनका कारखानामा परिणत् हुदै छैनन् र ?
(३)  एउटा कोठामा कति जना राख्ने ?सौचालय र धारा फरक फरक हुने वा नहुने ?
(४) क्वारेनटाइनमा शान्ती सुरक्षा कायम गरी बाह् य बातावरणसँग टाढा राख्न कम्तिमा प्रत्येक क्वारेनटाइनमा ३ जना सुरक्षाकर्मीको ब्यबस्था गर्न सकिदैन् र ?
(५)  क्वारेनटाइनमा बसेकालाई घरबाट खाना ल्याउन दिदा संक्रमणको जोखिम कति ?
(६)  कोरोनाको प्रभाबित क्षेत्र, वर्ग, समूदायहरुका लागि विशेष राहत प्याकेज खोई र कहिले  ?
(७)  RTD,PCR परिक्षण क्वारेनटाइनमा बसेको कम्तिमा ५ दिन भित्र हुनु पर्दछ तर खोइ र किन यस्ता संबेदनसिल ठाउँमा ध्यान  ?
(८)  प्रदेश नं ५  सरकार पुरै अपांग जस्तो देखिन्छ किन ? सुखद शासनको अनुभुती जनतालाई खोई  ?
(9)  RDT-PCR,VTM खरिद कार्यमा तदारुकता खोई ? परिक्षणको दायरा संबेदनसिलमा बढाउनु पर्ने होइन र  ?
(१०)  देशमा मनसुन सक्रिय भएसंगै मलेरिया,डेङ्गु, इन्सप्लाइटिस, टाइफाइड, सर्पदंशका विरामीहरु देखिने हुदा क्वारेनटाइनमा यसको जोखिम कम बहन गर्ने तयारी के   ? 

माथि उल्लेखित यी प्रश्नहरुको ब्यवहारीक जवाफ आउला वा नआउला ! तर पनि मानविय नाताले विश्व महामारीको यो संक्रमणकालीन घडीमा प्रत्येक स्थानिय तहका बुद्दिजिवी, समाजसेवी, युवा,राजनितीक दल, ब्यवसायी, स्वास्थ्यकर्मी, पत्रकार,शिक्षक, स्थानिय सरकारका जनप्रतिनिधीहरुको सर्वपक्षीय समन्वय र सहकार्यमा जोखिमको पहिचान गरि ब्यवस्थित पुर्वाधार सहितको स्थान वा बिद्यालयको छनोट गरि सामाजिक दुरी कायम गराउने,क्वारेनटाइनमा आवश्यक सामाग्रीहरु यथासिघ्र उपलब्ध गराउने, स्थानिय स्तरमै क्वारेनटाइन ब्यवस्थापन कोष खडा गरी आर्थिक प्रबन्ध मिलाउने , राहतको जोहो गरी बितरण गर्ने,PCR जाचको दायरा बिस्तार गरी छिटोछिटो संक्रमित हूने जोखिम क्षेत्र क्वारेनटाइनमा चेकजाँचमा तदारुकता देखाउनु पर्दछ।

चेकजाँचमा पोजिटिभ संक्रमितलाई ब्यवस्थित रुपमा आइसोलेसनमा पठाउने र नेगेटिभ देखिएकालाई आफ्नो घरमा सहज बातावरण बनाइ पठाउने ब्यवस्था गरेमा मात्र नोवेल कोरोना संक्रमणको जोखिम कम भई यो रोगलाई जित्न सकिन्छ । तसर्थ क्वारेनटाइनको ब्यवस्थानपन तर्फ सबैपक्षको ध्यान जान सकेमा मात्र क्वारेनटाइनबाट कोही भाग्नु पर्दैन्, कोरोना संक्रमित कोही हुनु पर्दैन् र कोरनाको कारण कोही मर्नु पर्दैन। हामी सबै मिले कोरोना रोगलाई जित्न सकिन्छ।