डोल्पामा ३ बालबालिकाको भेरीमा बगेर मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ २०, मंगलवार १७:३७
प्रकासित समय : १७:३७
दुनै , डोल्पा ठूलीभेरीमा नगरपालिकामा ३ बालबालिकाको बगेर मृत्यु भएको छ । ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मोतिपुरका ३ बालबालिका गाइ चराउन गएका ठूलीभेरी नदीमा बगेका हुन् ।
गाई चराएर घरतर्फ फर्कने क्रममा १२ वर्षीया यशोदा भण्डारी, ११ वर्षीय गंगा कठायत र १० वर्षीय विजय कडायत नदीमा बगेको जिल्ला प्रहरी प्रमुख प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रहरीका कार्यालयका अनुसार बगेका बालबालिका मध्ये गंगा नदीमै मृत अवस्थामा भेटिएकी थिइन् । अन्य २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।