कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६२
प्रकासित मिति : २०७७ जेष्ठ २०, मंगलवार १२:५२
प्रकासित समय : १२:५२
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।
संक्रमितमध्ये सुर्खेतका ११, सल्यानका १२ र अछामका ९ जना रहेका छन् । त्यसमा दुई जना महिला रहेका छन् । हालसम्ममा दैलेखमा ९८ जना, सुर्खेतमा ७० जना, सल्यान ५३ जना, जुम्ला १९ जना, कालिकोट १८ जना, मुगु १ जना रहेका छन् ।
योसँगै संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।