बाँके दुर्घटना अपडेट: मृतकको संख्या १२ पुग्यो

काेहलपुर, बाँकेमा आइतबार राती भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएपछि मृतकको संख्या १२ पुगेको हो।

२१ घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २० पुरुष र १ महिला छन्। नेपालगन्जबाट सल्यान जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा राति १२ बजेतिर ठोक्किएको थियो ।

घाइतेहरुलाई भेरी अस्पताल लगिएको छ। शव अस्पतालको शव गृहमा राखिएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। गाडीमा ३३ जना सवार थिए । सबै मजदुर रहेको बताइएको छ ।