कर्णालीमा थप ३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २३३

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप ३५ जना कोरोना संक्रमण पुस्टि भएकाे छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ३५ जनमा पुस्टी भएकाे हाे ।

यससँगै कर्णालीमा संक्रममितको संख्या २३३ पुगेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले बताएका छन ।  तिवारीले ३५ जना संक्रमितमध्ये दैलेखमा ९, सुर्खेतमा १६ सल्यानमा ९ जना नयाँ संक्रमित भेटिएकाे जानकारी दिए ।

हालसम्ममा दैलेखमा ९८ जना, सुर्खेतमा ५० जना, सल्यान ४४ जना, जुम्ला १९ जना, कालिकोट १८ जना, मुगु १ जना, बाजुरा, अछाम र बझाङ ३ जना कोरोनाका संक्रमित रहेका छन् ।