राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै
काठमाडौं, देशले कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेको वेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने तयारी छ । तीन वर्षअघि मात्र बनेको भवनमा राखिएका गलैँचा फालेर नयाँ राख्न नेकपाका प्रदेश सांसद रामबहादुर गुरुङले ठेक्का पाएका छन् ।
देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्न भने एक करोड खर्च गर्दैछ । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर कोठाहरू भव्य बनाउन थालिएको छ ।
राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् । कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिरहेको छ । राष्ट्रपति कार्यालयको दुईवटा ठूला हलका लागि मात्र करिब ३०/३० लाख रुपैयाँ पर्ने गलैैँचा राख्न लागिएको छ । त्यस्तै, अन्य कोठाहरूमा करिब ४० लाखको गलैँचा राख्ने तयारी छ ।
विदेशी अतिथिहरू आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढ्ने गरी महँगो गलैँचा बिछ्याउन लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘आजको नयाँ पत्रिका दैनिकबाट