बाँकेको अगैयामा भयानक दुर्घटना : ११ जनाको मृत्यु, २२ घाइते

काेहलपुर,  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारीकाे अगैया नजिकैको जंगलमा यात्रु बहाक मिनि बस  ट्रकसँग ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका छन् । आइतबार राती करीब ११ वजे  भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान तर्फ गईरहेको मिनि बस  ट्रकसँग ठोक्किदा ११ जनाको मुत्यु भएको छ भने २२ गम्भीर घाइते भएका हुन । 

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको निधन भएको छ ।

घाइते एक जनाको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन । भेरी अस्पतालको शव गृहमा शव राखिएको छ ।