देउखुरीमा घाइते रतुवाको उद्दार

भालुवाङ, घाइते रतुवाको देउखुरीमा उद्दार गरिएको छ । देउखुरी डिभिजन वन कार्यालय लमहीले घाइते अवस्थामा रहेको एक रतुवा मृगको उद्दार गरेको हो । दाङ देउखुरीको राप्ती गाउँ पालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनमा कुकुरले आक्रमण गरि घाइते बनाएको घाइते रतुवा मृगलाई स्थानीयले उद्दार गरि वन कार्यालयलाई खबर गरेका थिए ।

आइतबार बिहान ९ बजे तिर मौरीघाटका स्थानीयले यहाँ रतुवालाई कुकुरले घाइते बनाएर छोडेको र अहिले उक्त रतुवा आफुहरुको साथमा भएको जानकारी गराएपछी लमही ल्याएर उपचार गरेको र अहिले अवस्था सामान्य भएको देउखुरी डिभिजन वन कार्यालयका प्रमुख प्रबीण बिडारीले बताए ।

रतुवा मृग भाले जातको र अन्दाजी बाह्र पन्ध्र किलो तौलको रहेको छ । वन कार्यालयको परिसरमा राखिएको रतुवाको स्वास्थ्य अवस्था राम्रो भएमा कुनै सामुदायिक वन क्षेत्रमा लगेर छोडिने बताइएको छ ।