राप्ती नदीमा डाेजर प्रयोग, स्थानीयबासी र ठेकेदार पक्ष बीच नाराबाजी

भालुवाङ , दाङको देउखुरीमा राप्ती नदीमा दर्जनाैं डाेजरहरु प्रयाेग गरी जहाँतही अबैधानीक ढंगले दाेहन गरेको भन्दै शनिबार स्थानीयहरू आन्दोलित भएका छन् ।

गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रकाे राप्ती नदीमा स्काभेटर प्रयाेग गरी अत्यन्तै गहिरा खाडल खनेर नदिकाे धार नै बदल्ने गरी दाेहन गर्न थालेपछि गढवा गाउँपालिका अन्तर्गतका हात्तीढुंगा, टहंडा, धाेद्रेखाेला , कालाकाटे, जुराैनी, मलमला, बडहरा लगायत र राप्ती गाउँपालिकाको भालुबाङ,पाखापानी, कटाहा, खुरुरीया, बसन्तपुर लगायतका बस्तीहरुबाट झण्डै ७ सय जना भन्दा बढीले नारा जुलुस गर्दै नदिबाट स्काभेटर हटाउने क्रम्मा ठेकेदार पक्षका झन्डै १०० बढी ब्यक्तीहरुले ठुला ठुला लाठाहरुमा काँटी ठाेकेर प्रतिकार गर्दा प्रहरीलाई छुटाउन हम्मे हम्मे परेकाे थियोे। 

केही समय दुबै पक्ष बिच झडप हुँदा गढवा गाउँपालिकाका ठेकेदार पक्षले अाफ्ना स्काभेटर र ट्रिप्पर हटाएका थिए । दाङ देउखुरीकाे राप्ती नदीमा स्थानीयतहहरुले नियम, कानुनकाे उलंघन गर्दै स्काभेटर प्रयाेग गरी ३/४ मिटर गहिराइका खाडलहरु बनाई ठुलाे मात्रामा नदिजन्य पदार्थ उत्खनन गरि ट्रिप्परद्वारा नजिकका क्रेसर ब्यबसायीहरु सम्म पुरयाएकाे अवस्थामा देउखुरी स्थित गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका स्थानीय दिनहुँ जसो आन्दाेलित हुने गरेका छन् ।

गत बर्षहरुमा दर्जनाैं डाेजरहरु प्रयाेग गरी जहाँतही अबैधानीक ढंगले दाेहन हुँदा यस बर्ष राप्ती नदी भालुबाङकाे पुल नजिक ३ मिटर सम्म गहिरिएपछि प्रगन्ना सिंचाइ आयाेजनाका १,२ र ३ नम्बर इन्टेकमा नहरकाे सतह माथी हुन गई पानी नचढने अवस्था अाएपछि स्थानीय आन्दोलित हुँदै आएका हुन् ।

केहि दिन पहिले स्थानीयहरूको एक बृहत भेलाले राप्ती नदी संरक्षणका लागि टाेपबहादुर कार्की अध्यक्ष र हाेमप्रसाद शर्मा सचिव रहेकाे ६१ सदस्यीय राप्ती नदी बचाउ तथा संरक्षण समिती गठन गरेकाे थियाे ।