संविधान संशोधन विधेयक संसद्मा पेस
प्रकासित मिति : २०७७ जेष्ठ १८, आईतवार ११:४७
प्रकासित समय : ११:४७
काठमाडौं, संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ संसद्मा पेस गरेकी हुन् ।
मन्त्री तुम्वाहाङ्फेले नेपालको वास्तविक सीमाअनुरुपको नक्सा जारी भइसकेको हुनाले संविधानको अनुसूचीमा रहेको निशान छाप पनि सोहीअनुसार मिलाउनका लागि संविधान संशोधन गर्नुपरेको बताएकी थिइन् ।
उनले अनुसूचीअनुसार नेपालको वास्तविक नक्सासँग मिलाउन संविधान संशोधन आवश्यक रहेको बताएकी थिइन् ।