लकडाउन प्रभावकारी बनाउन बाँकेका सिडिओ आफै फिल्डमा
प्रकासित मिति : २०७७ जेष्ठ १८, आईतवार १६:३२
प्रकासित समय : १६:३२
नेपालगञ्ज, लकडाउनलाई प्रभावकारी बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ आफै फिल्डमा पुग्ने गरेका छन । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन नदिन सरकारले घोषण गरेको लकडाउनको पालना गराउन उनि आफै फिल्डमा पुगेका हुन ।
आइतबार बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओली, शसस्त्रका एसपी पिटक अधिकारी लगायतका अधिकारीहरु सहित प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ आफै सडकमा खटिएर सवारी चेकजाँच गरेका थिए ।
बाँकेमा भने लकडाउनको प्रभाव खासै परेको छैन । स्थानीय प्रशासनले अनेक प्रयास गर्दा पनि लकडाउन प्रभावकारी बन्न नसकेपछि सिडिओ र एसपी नै सडकमा पुगेर सवारी चेकजाँचमा खटिएका छन् ।