बाँकेमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८९
प्रकासित मिति : २०७७ जेष्ठ १८, आईतवार १६:४९
प्रकासित समय : १६:४९
नेपालगन्ज, बाँकेमा आज (आइतबार) थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाँकेका फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार बाँके नेपालगन्ज उपमहागरकापालिकाका ४, नरैनापुरका गाउँपालिका २, खजुरा गाउँपालिका १, बैजनाथका १ गरि ८ जना संक्रमण भएको बताइएको छ । योसंगै बाँकेमा जम्मा संक्रमित संख्या १८९ पुगेको छ ।