नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ८
प्रकासित मिति : २०७७ जेष्ठ १८, आईतवार १७:३२
प्रकासित समय : १७:३२
काठमाडौँ, नेपालमा थप २ जना कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ज्यान गुमाउनेमा दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष र बाजुरा बुढिगंगा–१ की २ वर्षीया बालिका रहेकी छन् ।
शनिबार राति दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ आएको हो । उनी भारतबाट फर्किएका थिए । यस्तै, बाजुराकी २ वर्षीया बालिकाको बाजुराको जिल्ला अस्पतालमा आइसोलेशनमै उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो । ८ दिनअघि उनको परिवार भारतबाट आएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाइसकेका छन् ।