कर्णालीमा थप ५९ मा कोरोना संक्रमण, संक्रमितको संख्या १०५ पुग्यो

बिरेन्द्रनगर, कर्णाली प्रदेशमा नोभेल कोरोना भाइरसका ५९ संक्रमित थपिएका छन् । कर्णाली प्रदेशले शनिबार राति सार्वजनिक गरेको विवरण अनुसार ५९ कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका कोरोना संक्रमितमध्ये एक महिला र अन्य ५८ जना पुरुष रहेका छन् । कर्णाली प्रदेशमा मात्र कोरोना संक्रमितको संख्या १०५ पुगेको जनाइएको छ ।

प्रदेशकाे जन स्वास्थ्य महाशाखाका अनुसार जुम्लामा गरिएकाे परीक्षणमा दैलेखका १५ जना, कालीकाेटका १७ जना र बाजुराका १ जना गरि ३३ जनामा संक्रमण पुष्टि भएकाे छ। त्यस्तै सुर्खेतमा गरिएकाे परीक्षणमा सल्यानमा २५ जना र सुर्खेतमा १ गरि जम्मा २६ जनामा संक्रमण पुष्टि भएकाे महाशाखाले जनाएकाे छ।

याे संगै कर्णालीमा संक्रमितकाे संख्या १०५ पुगेकाे छ भने एक जनाकाे मृत्पुु भएकाे छ।