लोकप्रियको सहयोग अभियानमा केके बेकरीको साथ

नेपालगञ्ज,बाँके नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी तथा के के बेकरीका संचालक अतुल गुप्ताले लोकप्रिय सन्देश दैनिकले संचालन गरेको अभियानका लागि सहयोग गर्नुभएको छ ।

लोकप्रिय सन्देश दैनिकले पत्रिका वितरक तथा संचारकर्मीको सहयोगका लागि संचालन गरिरहेको अभियान अन्तर्गत विपी चोक कमिटीका सदस्य गुप्ताले सहयोग गर्नुभएको हो ।

उहाँले पाँचजनाका लागि आवश्यक खाद्यान्न ९१० किलो चामल, १ किलो दाल, एक किलो नुन, दुई किलो आलु, एककिलो प्याज, एउटा साबुन र एक प्याकेट खाने तेल सहयोग गर्नुभएको पत्रिका प्रबन्धक दिनेश ठाकुरले जानकारी दिनुभयो ।