पार्टी ठुलो कि देश ?

मानिस सबैमा भिन्न(भिन्न किसिमको बिशेषता हुन्छ। सायद त्यसैको वजह कुनैपनी व्यक्ती , वस्तु र घटनालाई आआफ्नो शैलीबाट मुल्याङ्कन गर्दा त्यसमा फरक(फरक निस्कर्ष निस्कन्छ । त्यसरी नै विभिन्न राजनैतीक दल प्रतिको हाम्रो धारणामा पनि फरक पर्ने भएकाले हामीमा फरक फरक राजनैतीक हाँगाबिँगाहरु छन ।

हाम्रो देशको हकमा कुरा गर्नुपर्दा हामीमा परिवारिक संस्कृति जसरी नै आउने गरेको छ राजनैतीक छाप ,राजनैतीक धार र दलिय सोच । एजेन्डा, सिद्धान्त भन्दा पनि परिवारको सस्कार ,संस्कृति जसरी नै गाडीएको छ राजनीतिक बिचार हाम्रो सोचमा र भौतिकतामा र बजारिया हल्लामा राजनैतीक स्वतन्त्रता आए तर हाम्रो मानसिकता मनोबैज्ञानीक तबरबाट स्वतन्त्र नभै कैद छ।

विभिन्न कालखण्डमा समयको माग अनुसार आएको परिवर्तनले हामी जस्तो आम जनतामा राजनैतीक चेतना त वृद्धि भयो तर राजनैतीक धार र सिद्धान्त अनुरुपको सोच चै साघुरियो। 

हजुरबुवाको बेलाको राजनैतीक सोचलाई परिवारको संस्कृति जसरी पुस्ता हस्तान्तरण हुनु र बर्तमान राजनैतीक दलले पनी हजुरबुवाको पालाको नेता र काम देखाउदै भोटको टपरी (नारा, पोस्टर ) अघी सार्नु निकै पुस्तान्तरणको पर्याय देखिन्छ र केही हद सम्म आजको राजनैतीक अराजकताको कारक यो पनि हो ।

सबै मानव जातीलाई आफ्नो संस्कृति राम्रो लाग्छ र त्यसैमा भएको कुनै खोट लुकाउनै खोज्छन र हाम्रो संस्कृति जसरी बसेको राजनीतिक बिचार र दलको खोट लुकाउन पनि हामी पछी पर्दैनौं।

तर राजनीतिमा खोट लुकाउनु र दोषलाई लुकाउनु , सत्यलाई चाकरी नामक घुम्टो ओढाउदा नै बिभिन्न मार्ग बाट राष्ट्रघात हुन पुग्छ र पुगेको छ । जान आन्जानमा हामी आफ्नो मनपर्ने दलको भजन गाउदा गाउदै अन्धभक्त रुपी दलदलमा पुग्छौ ।

हामीमा राष्ट्र प्रती प्रेम छ, तर अल्मलाइएका छौं, हाम्रो भावना प्रती खेल्वाड गरिएको छ। हाम्रो मुख्य कमजोरी भनेको गरीब देशमा बसेर मन ठुलो पार्नु हो।  हामी गरीब छौं, तर नेतालाई हजारौ बैगुन र बैमानी सहेर पनि पालेर बसेका छौं । हामी बेरोजगार छौं, तर आफ्नो नेताले गरेको भ्रष्टाचारको बारेमा कोही नबोलोस भन्छौं ।  हामी पढेलेखेका छौं, बुझेका छौं तर आफ्नो पार्टी नेता नपढेनी विद्वान छन् भन्ने गर्छौ ।

आज हामी समाचार पढ्छौं,सुन्छौं,हेर्छौं जसमा आफ्नो नेताले गरेको गलत कामलाई गलत भन्दैनौं, बरु आफ्नो पुरै सृजनशिलता प्रयोग गरेर त्यसलाई तरोडमरोड पारेर बोल्छौं र माथि पर्छौं, तब सोचौं हाम्रो लागि देश ठूलो कि पार्टी रु आज हामी विरोध गर्न अघि र पछी राम्रो र नराम्रो हेरेर या सत्य र झुटो हेरेर पर्दैनौं।

बरु आफ्नो पार्टी र र्कोको पार्टी हेर्छौं ,तब सोचौं हाम्रो लागि पार्टी ठूलो कि देश ? आज हामी देशको हित भन्दा धेरै पार्टीको गीत ठुलछौं, तब सोचौं हाम्रो लागि पार्टी ठुलो कि देश ?