दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४२ जनाको उपचार हुँदै

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा विरामीको संख्या फेरी थपिएको छ । शुक्रवार सम्म ४५ जना विरामी रहेको अस्पतालमा ८ जनाको डिस्चार्ज भएपछि ३७ जना रहेका थिए ।

शुक्रवार साँझ फेरी ५ जना थपिएसंगै विरामीको संख्या ४२ पुगेको कोरोना विशेष अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डाक्टर शर्वेस शर्माले जानकारी दिएका छन् ।

शुक्रवार बंगलचुलीका ४ र बबई गाउँपालिका १ जना गरी पाँच जना थपिएका हुन् । यो संगै दाङका २२ जना, रुपन्देहीका ३, कपिलबस्तुका ३, बाँकेका ५ , बर्दियाका ५ र पुर्वी रुकुमका ३ जना गरी ४२ जनाको अस्पतालमा उपचार भईरहेको डाक्टर शर्माले जानकारी दिएका छन् ।