नेपालगन्जमा अलपत्र डोल्पाकी दुई वृद्धालाई मनकारी युवा बिकासको राहत
नेपालगन्ज, तीन महिनादेखि अलपत्र परेका डोल्पाका दुई जनी बृद्धालाई जाजरकोटका युवा सामाजसेवि बिकास आरसीले राहत उपलब्ध गरेका छन । । ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरीलाई जाजरकोट कुशे गाउँपालिकाका युवा बिकास आरसीले राहत उपलब्ध गरेका हुन ।
खर्चपानीका सकिएको भनेर उनिहरुको बिभिन्न सञ्चार माध्याममा समाचार आएपछि युवा सामाजसेवी बिकासले १ कठ्ठा चामल नुन,तेल, साबुन लगायतका सामन बोकेर सम्झना चोक पुगेका थिए ।
बिभिन्न सञ्चार माध्यामा समाचार आएपछि मानवियताको नाताले कोहि भोकै मर्नु हुदैन भनेर पुगेको हुँ समाजसेवि आरसीले भने । मेरो सानो सहयोगले कसेको जिवनको रक्षाा हुन्छ भने किन नगर्ने भनेर पुगेको हुँ उनको भनाइ थियो ।
राहत बुझिसकेपछि द्भय बृद्भाले आखाँभरी आँसु झार्दै सामाजेसबि आरसीलाइ धन्यवाद दिएकि थिइन । युवा सामाजसेवी आरसीले नेपालगन्ज कोहलपुर क्षेत्रमा अलपत्र परेका करिब २ सय नागरीकलाई राहत उपलब्ध गरिसकेका छन ।
उनीहरू १० फागुनमा उपचारका लागि नेपालगन्ज झेरेका उनीहरूसँग खर्च सकिएपछि अप्ठयारोमा परेका थिए । ‘नेपालगन्जको सम्झना चोकमा भाडाको कोठामा बसेका उनिहरुले आफुसंग भएको सबै सकिएको जनाका थिए ।
उनिहरु उपचारको लागि नेपालगन्ज झरेपनि उपचार भने हुन नसकेको बताएकी छन । नेपालगन्ज नसिंङहोमले कोहलपुर शिक्षण अस्पतालमा पठाएको तर शिक्षण अस्पतालले पैसाका कारण उपचार नगरिदिएको उनिहरुको भनाई रहेको छ ।