दाङमा एक युवकको हत्या

दाङ , दाङकाे तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ९ मैनामगर निबासी २८ बर्षका मन्दिप भुजको गएराति हत्या भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

अटोभिलेज देखि करिब डेढ सय मिटर उत्तर तर्फ ज्ञानज्योति आधारभुत विद्यालयको भवन पछाडी भुजेल आज बिहान मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी निरीक्षक डम्बरपालको नेतृत्वमा घटना स्थल पुगेको प्रहरी टोली अनुसन्धान सुरु गरेको छ । यसैबिच प्रहरीले अनसुन्धानका लागि स्थानीय ३ जना युवकलाई नियन्त्रणमा समेत लिएको छ । भुजेलले अटोभिलेजमा रेडिवाटरको काम गर्थे ।