थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १४०१

काठमाडौं, आज (शनिबार)  थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संंक्रमण देखिएको बताए ।

उनले भने “कोरोना संक्रमण देखिनेमा पछिल्लो २४ घण्टामा ४ जना महिला र १८५ जना पुरुष रहेका छन् ।” उनका अनुसार कोरोना संक्रमतिको संख्या १ हजार ४०१ पुगेको छ । कुल कोरोना संक्रमण देखिने जिल्ला ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ जनालाई कोरोना संक्रमित निको भएर घर गएका छन् । कुल कोरोना निको हुनेको संख्या २१९ पुगेको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताए । कोरोना भाइरसको संक्रमण देखिएका १ हजार १७६ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ६६ हजार ७२९ नमुना संकलन गरेर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा दुई हजार ५७५ वटा नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख १० हजार ७८ जना छन् । हालसम्म आरडीटी विधिबाट १ लाख ७ हजार ५५ स्याम्पल परीक्षण भएको छ । कोरोना संक्रमण देशका २० स्थानमा परीक्षण भइरहेका छन् ।