नेकपाको सचिवालय बैठक बस्दै
प्रकासित मिति : २०७७ जेष्ठ १७, शनिबार ०८:१४
प्रकासित समय : ०८:१४
काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
एमसीसीमा पार्टीभित्र दुई धार देखिरहँदा बजेटमा नै एमसीसीको कार्यक्रम समेटिएपछि नेकपाभित्र विवाद अझ बढी चर्किएको छ । बैठकमा संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारी रोकथाममा सरकारले चालिरहेका कदम लगायतका विषयमा छलफल हुने बताइएको छ ।