दैलेख क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

दैलेख,  भारतबाट करीब १२ दिनअघि आएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवाको आज (शनिबार) अचानक मृत्यु भएको छ ।

दैलेखको दुल्लु नगरपालिका–७ मा स्थित विद्युत् प्राविधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा बसेका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय कर्णबहादुर थापाको मृत्यु भएको हो ।

बिहान चिया–बिस्कुट खाएर बसिरहेका उनी एक्कासी बेहोस भई केहीबेरमा मृत्यु भएको जनाइएको छ । दुई दिनअघि नै क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लामा पठाइसकिएको थियो ।