दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूती गराउन गएकी महिलाको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ १७, शनिबार १७:०४
प्रकासित समय : १७:०४
दाङ, दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूती गराउन गएकी एक महिलाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ११ मज्गैं निवासी २९ वर्षीया मिरा भुसालको शल्यक्रिया गरी बच्चा निकालिएको भए पनि उनको भने मृत्यु भएको छ।
उच्च रक्त चापका कारण ती महिलाको मृत्यु भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भुसाल जेठ १४ गते प्रसूती सेवाका लागि प्रतिष्ठानमा भर्ना भएकी थिइन्।
शल्यक्रिया गरी बच्चा जन्मेपछि शुक्रबार उनको मृत्यु भएको प्रतिष्ठानकाे भनाईलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।