जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय
प्रकासित मिति : २०७७ जेष्ठ १७, शनिबार २१:१३
प्रकासित समय : २१:१३
काठमाडाैँ, आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको अवधि सकिन ३ दिन बाँकी हुँदै सरकारले समय थपेको हो। १२ दिन थपिएसँगै लकडाउनको समय ८० दिन पुगेको छ।
कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भनेर सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। यसैगरी सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र रहेका नेपालीको उद्धार गर्ने कार्ययोजना पनि स्वीकृत गरेको छ। हिजोमात्रै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना नियन्त्रण उच्चस्तरीय समितिले विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गर्दै विस्तृत कार्ययोजना तयार गरेको थियो।